हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरीको सुझाव पेटीका

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटीका सुरुवात गरेको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्त कुमार लामाले उपमहानगरपालिका कार्यालयमा राखिएको सुझाव पेटिकाको औपचारीक उद्घाटन गरेका हुन् ।
उपमहानगरकाका मेयर हरी बहादुर महत, उप–मेयर मिना कुमारी लामाको उपस्थितीमा सुझाव तथा गुनासो पेटीकाको उद्घाटन गरीएको हो ।
पेटीकाको उद्घाटन गर्दै डिआइजी लामाले देशमा नै पहिलो पटक बागमती प्रदेशमा प्रदेश प्रहरी कार्यालयले यस नमुना कार्यको सुरुवात गरेको बताए । आजबाट प्रदेशका सबै जिल्लाका सबै नगर क्षेत्रमा यो कार्यको सुरुवात गरिएको छ ।
यो सुझाव पेटीका सजाउनका लागि मात्र नभएर प्रहरी संगठनमा भएका गलत क्रियाकलापको आवाज उठाउन सहज हुने उनले बताए । प्रहरी संगठन सुध्रिन चाहेको बताउदै यस कार्यमा सम्पुर्णको सहयोगको अपेक्षा रहेको बताए ।
बागमती प्रदेशको १३ वटै जिल्लाको प्रत्येक स्थानीय तहमा सुझाव पेटीका राख्ने योजना रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सुरुमा प्रदेश अन्तर्गतका नगर क्षेत्रबाट गाउँपालिका हुँदै प्रत्येक स्थानीय तहको वडा–वडामा सुझाव पेटीका राखिने जनाइएको छ ।
प्रदेशको नमुना काम अन्तर्गत रहेको यस कार्यमा हरेक नागरिकले आफ्नो स्थानीय तहको सुझाव पेटीकामा प्रहरी संगठनका गुनासोहरु गर्न डिआइजी लामाले आग्रह गरे ।
देशकै नमुना कार्यको रुपमा प्रदेश प्रहरीले संचालनमा ल्याएको संगठन शुद्धिकरण कार्य पनि सफल हुँदै गएको र हालसम्म १४ जना प्रहरीहरु निलम्बनमा परेको डिआइजी लामाले बताए ।
आज नै मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकामा पनि सुझाव पेटीका सुरुवात गर्ने कार्यक्रम रहेको जनाइएको ।