आजबाट लामो दूरीको यातायात सञ्चालनमा

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १२:०८
;

मकवानपुर । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात ६ महिनापछि सञ्चालनमा आएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो ।

लकडाउन गर्नु केहीदिन अघिबाटै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट संचालनमा आएका हुन्, ।

सरकारले सम्पूर्ण स्वास्थ्य सुरक्षा उपाए अपनाएर मात्रै सवारी संचालनको अनुमति दिएको हो ।

यसैगरी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*