मापसे गरी चलाएको कार पोलमा ठोक्किएपछि….

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १२:५२
;

काठमाडौं । काठमाडौंको मण्डिखाटारमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मापसे गरी चलाएको प्रदेश नम्बर ३–०१–०२२ च ६७५३ नम्बरको कारले सन्तुलन गुमाउँदा कार चालक नवीन पोखरेल सामान्य घाइते भएका हुन् ।

चालकले मापसे गरी तिब्र गतिमा कार चलाउँदा ठोक्किएर बिजुलीको पोल भाचिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएकाले प्रहरीले चालक पोखरेललाई नियन्त्रणमा नलिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । कार भने अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*