पाल्पामा कोरोना संक्रमित पुरूषको मृत्यु

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १३:४८
;

बुटवल । पाल्पामा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । तानसेन नगरपालिका– ७ का ५२ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

भदौ २२ गते युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना भएका थिए । उच्च रक्तचाप र कलेजोको समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको समेत संक्रमण देखिएको अस्पतालले जनाएको छ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियू भेन्टिलेटरको अभाव हुँदा बिरामीको मृत्यु भएको मिसन अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*