भोलि मध्यान्ह सम्ममा रेल नेपाल आइपुग्ने

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १४:३३
;

काठमाडौं । भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको रेल भोलि जनकपुर आइपुग्ने भएको छ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा रहेको र त्यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*