भारतमा ९७ हजारबढी कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १४:५३
;

नयाँदिल्ली । भारतमा एकैदिन ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ९७ हजार ८ सय ९४ संक्रमित थपिएका हुन् ।

योसँगै भारतका संक्रमितको संख्या ५१ लाख १८ हजार २ सय ५४ पुगेको छ । यस्तै, २४ घण्टामा १ हजार १ सय ३२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ८३ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा हाल १० लाख ९ हजार ९ सय ७६ सक्रिय संक्रमित छन् भने ४० लाख २५ हजार ८० जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*