हिरासतमा मृत्यु प्रकरणः एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १५:०५
;

रौतहट । प्रहरी हिरासतमा मृत्यु भएको प्रकरणमा एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इप्रका गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज धुनियाविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।

उनीहरु विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा पीडित पनिलाल महराले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

सुरुमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता नभएपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् ।

गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्वर ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*