नहरमा डुबेर १८ महिने शिशुको मृत्यु

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १५:४७
;

विराटनगर । मोरङको रंगेली नगरपालिका–३ रञ्जनीमा १८ महिने शिशुको नहरमा डुबेर मृत्यु भएको छ । डोलेन्द्र विष्टका डेढ वर्षीय छोरा सोमरात विष्टको घर नजिकै रहेको पानी बगिरहेको नहरमा डुबेर मृत्यु भएको हो ।

नहरमा डुबेको अवस्थामा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*