चिनियाँ खतरासँग जुध्न हाम्रा सेना तयार छन्, ठूलो कदम चाल्नेछौंः भारतीय रक्षामन्त्री

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १६:२४
;

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार चीनसँग लद्दाखमा जारी तनावको विषयमा प्रतिक्रिया जनाएका छन्।

राज्यसभामा बोल्दै सिंहले त्यस क्रममा देशको हितका लागि भारतले जस्तोसुकै कठिन कदम उठाउन तयार भएको बताएका छन्।

उनले भारतले कहिल्यै आफ्नो शिर नझुकाउने र अर्काको शिर पनि झुकाउन नचाहने जनाए।

सिंह भन्छन्,‘भारत जस्तोसुकै कदम उठाउन तयार छ, सेनाले पुरै तयारी गरेका छन्। हाम्रा जवानको हौसला बुलन्द छ। यो साँचो हो कि लद्दाखमा हामी एक चुनौतीसँग जुझिरहेका छौं तर हामीले चुनौतीको सामना गर्नेछौं। हामी देशको शिर झुक्न दिँदैनौं। हाम्रा सेना चिनियाँ सेनासँग सिमानामा आँखा जुधाएर उभिएका छन् र सदनमा उनीहरुको हौसला बढाउने सन्देश दिनुपर्छ।’

Rajnath Singh leaves for Moscow to hold talks on India-Russia defence,  strategic partnershipभारतीय रक्षामन्त्री राजनाथ सिंह

सो क्रममा मन्त्री सिंहले दुईपक्षीय सम्बन्ध विकास गर्दै सीमा विवाद समाधान गर्न सकिने पनि बताए। केही समय अगाडि मात्र भारत र चीनबीच सीमा विवाद साम्य बनाउँदै छलफल अगाडि बढाउने सम्झौता भएको थियो ।

तर सम्झौता भएको अर्को हप्ता नै भारत र चीन वाकयुद्धमा लागि परेका छन्।

हालै मात्र रक्षामन्त्री राजनाथ सिंहले गत जुलाई १५ को झडपको बारेमा जानकारी दिँदै चिनियाँ सेनाले सिमा मिचेका कारण झडप भएको बताएका थिए।

उनले चिनियाँ सेनातर्फ पनि ठूलो हताहती भएको संकेत गरेका थिए। बुधबार मात्र चीनले फेरि भारतकै कारण त्यसबेला झडप भएको बताउँदै सीमामा चिनियाँ सेनालाई चिढ्याउने कार्य भारतले गर्न नहुने बताएको थियो। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*