थप १२ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ हजार नाघ्यो

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १६:२९
;

काठमाडौं । नेपालमा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६ सय ४१ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

आज १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १२४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*