बागमती प्रदेशका ३७ सहित २ सय ४१ संक्रमित आईसीयू र भेन्टिलेटरमा
काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितमध्ये २ सय २१ जनाको अवस्था जटिल रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका १६ हजार २ सय ४१ संक्रिय संक्रमितहरुमध्ये १ सय ८२ जना आईसीयू र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
बागमती प्रदेशमा ३७ तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा १–१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कोभिड– १९ संक्रमितको कुल संख्या भने ५९ हजार ५ सय ७३ पुगेको छ ।










