१३ वर्षीय किशोरलाई १० वर्षको जेल सजाय
काठमाडौं । नाइजेरियामा ईश्वरनिन्दाको आरोपमा एक १३ वर्षका किशोरलाई दश वर्षको जेल सजाय सुनाइएको छ ।
ओमार फारोक नाम गरेका किशोरलाई कानो राज्यको मुश्लिम धार्मिक अदालतले भगवान ‘अल्लाह’ विरुद्ध गालीगलौज गरेको भन्दै जेल सजाय सुनाएको हो ।
गत अगष्ट १० मा नै किशोरलाई सजाय सुनाइएको थियो ।
अधिकारकर्मीले १३ वर्षका किशोरलाई जेल सजाय सुनाउनु नाइजेरियाकै संविधान विपरित भएको बताएका छन् । एजेन्सी