हेटौंडाका २३ सहित मकवानपुरमा थप २५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरका २४ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २३ जना, थाहा नगरपालिकाका १ जना र बारा जिल्लाका १ जना रहेका छन् । संक्रमित मध्ये १० जना महिला र १५ जना पुरुष रहेका छन् । संक्रमितको विवरण
हेटौंडा-१ का २ जना ५७ वर्षीया महिला र ३५ वर्षीय महिला
हेटौंडा-२ की १ जना ४६ वर्षीया महिला
हेटौंडा-५ का ७ जना २४, ४२, ३२, ३, ५ वर्षीया महिला र ५४, ३५, ४७ वर्षीय पुरुष
हेटौंडा-९ का ३ जना ६०, ३४ वर्षीया महिला र ६० वर्षीय पुरुष
हेटौंडा-१० का १ जना ३६ वर्षीय पुरुष
हेटौंडा-११ का ५ जना ३०, ४०, ४२, ४२, ३२ वर्षीय पुरुष
हेटौंडा-१३ की १ जना ६३ वर्षीया महिला
हेटौंडा-१५ का १ जना २६ वर्षीय पुरुष
हेटौंडा-१७ का २ जना ४३ र ४६ वर्षीय पुरुष
थाहा नगरपालिका-३ का १ जना ७२ वर्षीय पुरुष
बारा- जितपुर सिमराकी १ जना ३९ वर्षीया महिला