विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार ११:०५
;

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्ममा विश्वभर ३ करोड ७१ लाख ३ सय १४ संक्रमित फेला परेका हुन् ।

यस्तै ९ लाख ४४ हजार ८ सय ८७ को संक्रमणका कारण मृत्यु भएको छ ।

पहिलो पटक भाइरस भेटिएको चीनमा संक्रमण नियन्त्रण भएको छ । चीनमा बिहीबार ९ जना थप संक्रमित भेटिएका थिए । यससँगै चीनमा संक्रमित हुनेको संख्या ९० हजार २ सय ९४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*