भालुको आक्रमणबाट एकको मृत्यु, चार जना घाईते
सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
भालुको आक्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ–३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको मृत्यु भएको हो ।
यस्तै, कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ, महाकुलुङ गाउँपालिका– ४ का वर्ष १९ का प्रेम कुलुङ, त्यही वडाका वर्ष २५ का सुजन कुलुङ, र वर्ष १९ का सन्तबहादुर कुलुङ घाइते भएका छन् ।
घाइते भएका उनीहरुको स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारको लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।










