साङ्केतिक तस्वीर
दाङ । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट गढवा गाउँपालिका–३ का १८ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको हो ।
ठक्कर दिने गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।