थप ३८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । थप ३८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ प्रहरीमा संक्रमण देखिएको हो ।
दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप प्रहरीलाई संक्रमण देखिएको हो ।
सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ ।