मकवानपुरको दामनमा ७० मिटर लामो फलामे भर्याङ

मकवानपुर । मकवानपरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको दामनमा १ सय ५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ ।
पर्यटकीय आकर्षणको केन्द्र मानिने दामनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्याङसहित पार्क निर्माण गरिएको हो ।
प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्याङ नेपालकै अग्लो फलामे भर्याङ भएको थाहा नगरपालिका—४ का वडाध्यक्ष दिपकसिंह लामाले दाबी गरेका छन् ।
थाहा नगरपालिकामा अर्को दृश्यावलोकन स्तम्भ थपिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएका छन् । यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने विष्टको भनाइ छ ।
हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।