कोरोना संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु
भक्तपुर । विर अस्पतानलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।
७ दिनअघि कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या वीर अस्पताल लगिएको थियो ।
मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।