प्राकृतिक विपत्तिमा परी ३ सय ७४ जनाको मृत्यु

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १६:१४
;

काठमाडौं । गत पाँच महिनामा विभिन्न प्राकृतिक विपत्तिमा परी ३ सय ७४ जनाको मृत्यु भएको छ । देशभर आएको बाढी, पहिरो, चट्याङ लगायतका विपत्तमा परेर ३ सय ७४ जनाको मृत्यु भएको हो ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री रामबहादुर थापाले यसबारे जानकारी दिएका हुन्। त्यस्तै १ सय १ जना बेपत्ता भएका छन् । ४ सय २० जना घाइते भएका छन् ।

२ सय ७१ जना मानिस पहिरोमा परेर मृत्यु भएको हो । ६५ जना पहिरोको कारण बेपत्ता भएका छन् । २ सय ६ जना घाइते छन् । त्यसै गरी बाढीमा परेर ३९ जनाको मृत्यु भएको छ। ३६ जना बेपत्ता र ११ जना घाइते छन् ।

चट्याङ्मा लागेर मृत्यु हुनेको सङ्ख्या पनि ६४ रहेको छ । २ सय ३ जना घाइते भएका छन् । त्यस्तै बाढी पहिरोमा घर बिहीन भएकालाई सरकारले भूकम्प पीडित सरह घर बनाउनको लागि ३ लाख रुपैयाँ, जग्गा नहुनेको लागि सरकारले नै जग्गा उपलब्ध तयारी गरिसकेको समितिमा गृह मन्त्री थापाले जानकारी दिए ।

सरकारी जग्गा उपलव्ध गराउन नसकिनेलाई जग्गा खरिदका लागि २ लाख रुपैयाँ समेत दिने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*