चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जना हत्कडीसहित फरार

काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका ४ जना आरोपी फरार भएका छन् ।
गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी प्रहरी कार्यालयबाटै फरार भएको हो ।
महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका उनीहरु प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् ।