थप २ हजार २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा परीक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ । आज १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ७१ जनाले कोरोना माथि जित हासिल गरेका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेका छन् ।
त्यस्तै हाल ८ हजार ८८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ्