थप ८ सय ७१ जनाले जिते कोरोना, हालसम्म कुन प्रदेशमा कतिले जिते ?

काठमाडौं । नेपालमा थप ८ सय ७१ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन ।
योसँगै कोरोना जित्नेको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हालसम्म प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा ११ हजार ९००, बागमति प्रदेशमा ९ हजार ७ सय ७१, गण्डकी प्रदेशमा २ हजार ५ सय ३४, प्रदेश ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना कोभिड संक्रमणबाट मुक्त भएक छन् । ।
आजसम्म डिष्चार्ज हुनेको संख्या ७१.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।