दुई महिने शिशुसहित थप ३५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १७:१९
;

सुर्खेत । कर्णाली प्रदेशमा दुई महिने शिशुसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल ÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एक जनामा कोरोना पुष्टि भएको हो ।

चौरजहारी नगरपालिका रुकुम पश्चिम्मा दुई महिने शिशुसहित ८ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ६३ पुगेको छ ।

प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६ सय ४९ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*