ट्याक्टरबाट खसेर ११ महिने शिशुको मृत्यु

चितवन । ट्याक्टरबाट खसेर ११ महिने शिशुको मृत्यु भएको छ । बिहीबार बगहीबाट ठोरी जाँदै गरेको ट्याक्टर बाढी आइरहेको दबुवा खोलामा पल्टिँदा निमेष सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा उनका बाबु सन्तोष सुनार र निरुता सुनारलाई चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।