हेटौंडामा साँझ ७ बजेसम्म बजार खुल्ने

मकवानपुर । हेटौंडामा साँझ ७ बजे सम्म व्यापार व्यवसाय संचालन गर्न पाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले हेटौंडा बजार साँझ ७ बजेसम्म संचालनको गर्ने दिने र्णिय गरेको हो ।
सो निर्णय अनुसार हेटौंडा बजार भोलि असोज ६ गते बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने भएका छन् । सो समयमा सबै प्रकारका व्यवसायीक पसलहरु संचालनमा गर्न पाईने छ ।
उक्त बैठकले मकवानपुरको दामन, पालुङ, भीमफेदी, मनहरी, लोथर र हेटौंडामा रहेको विभिन्न होटलहरु पनि भोलिदेखि साँझ ७ बजेसम्म खुल्न दिने निर्णय गरिएको छ ।
यसअघि उक्त स्थानको होटहरु बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै संचालन गर्न भइरहेको थियो ।
साथै, उक्त बैठकले जिल्लाभर धार्मिक पर्व, राजनीतिक भेला, जुलुस र धर्नालगायत अन्य कार्यक्रम गर्न निषेध गरिएको पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरका जनाएको छ।
मकवानपुरमा लामो समय निषेधाज्ञापछि केहीदिन अघिबाट मात्रै सार्वजनिक सवारी, लामो दुरीका सवारीसाधन संचालनमा ल्याइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय:
DCCMC_Nirnaya_2077_06_05