मकवानपुरका २ सहित थप १६ जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
५ आश्विन २०७७, सोमबार १७:१५
;

काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मकवानपुर जिल्लाका २ सहित थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए ।

११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुष, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ । यसअघि सोमबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*