हेटौँडा बजारको एक फन्को
मकवानपुर । साँझको ४ बज्नै लागेको थियो । कार्यालको काम सकेर केहि साथिहरुसंगको भेट पछि हेटौंडा बजारको एक चक्कर लगाउने विचार गरियो।
सोहि विचार अनुसार हेटौँडाको वडा नम्बर १ तिरको यात्रामा निस्किए । यात्रा १ नम्बर वडाकै चलिरहेको थियो । मनका अनेक कुरा खेल्दै थिए । मनका कुरा दिमाग र दिमागका कुरा मनमा चलिरहेका थिए ।
यात्रा चल्दै गर्दा यस्तो ठाउँमा पुगिए छ, सोच्दा पनि कहालि लाग्यो । त्यस्तो विकट पनि उपमहानगरपालिक भित्र छ ? हेटौंडा–१ निवासी दयानिय अवस्थाका ती पाण्डु वि.क.को घर अहिले सम्झदा पनि मन भारी हुन्छ ।
गोठको बाँस खानालाई जोहो केहि थिएन । समस्यै समस्यामा रहेछन् पाण्डु। मौसम उत्कृष्ट, चिसो सिरेटो चलिरहेको भएता पनि त्यो लाचार अवस्थाले मन कत्ति पनि शान्त थिएन ।
बिस्तारै सो ठाउँ छोडेर हेटौंडा बजार तिरको यात्रामा झरियो । त्यो कच्चि हिलो बाटो हुँदै यात्रा चलिनै रहेको थियो । भोकको महसुस भयो। खाजा खानाका लागि बाटैको रेष्टरेन्ट तर्फ लागें ।
कोरोनाको डर अनि त्यो खाली रेष्टुरेन्ट । बस्नका लागि सहज स्थान रोजेर खाजा अर्डर गरे । खाजाको प्रतिक्षकै क्रममा सो स्थलको कौतुहलता थपिएको महशुस हुँदै थियो ।
बन्दावन्दी अनि निषेधाज्ञा पछि केहि सहज भएसंगै खुलेको बजारमा अलिक भीड थियो । रेष्टुरेन्टको केही समयको बसाइ र भिडभाड बढ्दै गएपछि त्यहाँबाट निस्कियौ ।
अबको यात्रा थियो कमानेतर्फ रात पनि परि सकेको थियो । फाट्ट फुट्ट साधन चलेका थिए हामी गोर्दोई पुग्यौ र फर्किने निर्णय गर्यौ ।
गर्दोइबाट फरेष्ट्रि गेट हुँदै सिमाचोकतर्फको यात्रा थियो । फरेष्टि गेट नजिकै जे देखियो त्यो अकल्पनिय थियो । केही व्यक्ति सडकको किनारमा नाचि रहेका थिए । को हुन् ठम्याउन सकिएन ।
फरेष्टि गेटबाट केहि अगाडी आएर साधन रोके। केहि बेर हामी अढ्ढियौ । त्यँहा बसेको केही मिनेटभित्र एक युवक बाइकमा आए र केही गफ पश्चात नाचिरहेका व्यक्तिसँग मोटरसाइकलमा हुईकिए ।
म आश्चर्य परे । गतिविधि बुझ्दै जाँदा त्यहा उभिएका सबै जना फरक फरक युवकसँग पलाएन भए । एकाएक त्यस सडक किनारलाई रित्याउँदै ति सब व्यक्तिहरु ओझेल परे ।
ठाउँ खाली भयो । मलाई गतिविधिको सार वुझ्ने ईच्छा जाग्यो । म त्यही क्षेत्र नजिक व्यवसाय गर्दै आएका व्यवसायीहरुकोमा पुगे र सोधे । व्यवसायीहरु पनि यो दैनिक हुने घटना हो भन्दै पन्छिए।
म पुनः आश्चर्यमा परे । घटना के हो भन्ने प्रश्नमा म भौतारी रहदा एक युवकले परबाट आज छैन भनेर सोधे । हामी बोलेनौ ती व्यक्ति फर्किए । कौतुहलताले निकै असहज बनाउदै थियो । झन बुझ्ने मन लाग्यो एक जेष्ठ नागरिकलाई सोध्ने निधो गरे । उहाँले जे सुनाउनु भयो म चकित भए ।
उहाँले त्यो घटना शाररिक सम्बन्धको व्यपार भएको बताउनु भयो । म आश्चर्य हुँदै प्रतिउत्तर गरि हाले यो प्रशासनले नदेखेको कुरा हो कि भनेर तर उहाँले यो वर्षैबाट हुँदै आएको घटना बताउनु भयो ।
समाजको यी घटना किन भईरहेको कुराले मनमा चस्को पस्यो । के अब नेपालमा पनि बहिरी देश जस्तो केही निस्चित स्थल तोकी यौनजन्य गतिविधि चालाउने आवश्यक परेको हो त ?
यौनजन्य त्यस्ता कार्य गर्ने व्यक्तिको पहिचान र उचित व्यवस्थापन भए त्यस्ता गतिविधि घट्ने सक्ने अनुमान मेरो छ । वैधानिकता दिने कार्य गर्न नसकिएला तर यस्ता व्यक्तिलाई आय–आर्जनको स्रोततर्फ उन्मुख गराए यी गतिविधि घट्ने छ।
लेखकः विश्वास पराजुली