मनहरीमा २४ शैयाको कोरोना अस्पताल

हेटौडा न्युज
६ आश्विन २०७७, मंगलवार ११:०२
;

मकवानपुर । मनहरी गाउँपालिकाले २४ शैयाको कोरोना विषेश अस्पताल स्थापना गरेको छ । गाउँपालिकाले मनहरी गाउँपालिका–८ सिम्पानीमा रहेको आइसोलेशन वार्डलाई स्तरउन्नती गर्दै २४ शैयाकोे कोरोना विषेश अस्पतालको रुपमा स्थापना गरेको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदानमा अस्पतालको स्थापना गरिएको हो भने सो अस्पतालको लागि बागमती प्रदेश सरकारबाट पनि १० लाख रुपैँया विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमित विरामीहरुलाई थप उपचारको लागि भरतपुर, काठमाडौँ लगायतका अस्पतालहरुमा पठाउनुपर्ने बाध्यता रहेकोले गाउँपालिकामै अस्पतालको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् ।

आगामी असोज १० गते बस्ने कार्यपालिका बैठकले अस्पतालका लागि एक जना एमबीबीएस डाक्टर नियुक्त गर्ने बताइएको छ ।

अस्पतालमा मिनि आइसियु संचालन तथा अस्पतालका लागि आवश्यक केही सामानहरु खरिद गर्ने काम पनि भइरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ५ शैयाको अस्पताल स्थापना गर्नु भनेर निर्देशन दिएको भएपनि गाउँपालिकाले २४ शैयाको अस्पताल स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*