जबरजस्ती करणीको आरोपमा हेटौँडाका खड्कासहित ३ जना पक्राउ

काभ्रे । काभ्रे प्रहरीले जबरजस्ती करणीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेबाट मकवानपुरका १ जनासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।
पिडीत महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले रामेछापकी महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित तीनै जना पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन्।