मकवानपुरको इन्द्रसरोवरमा पहिरो, स्कर्पियो पुरियो

हेटौडा न्युज
७ आश्विन २०७७, बुधबार १०:२७
;

मकवानपुर । मकवानपुरको देउराली–कुलेखानी उकालोमा पहिरो खस्दा स्कर्पियो पुरिएको छ । मकवानपुरको इन्द्रेसरोबर गाउपालिका–२ देउराली–कुलेखानी उकालोमा पहिरो खस्दा गुडिरहेको स्कर्पियो पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द बहादुर रानाका अनुसार भिमफेदी–कुलेखानी सडक खण्ड अन्तर्गत देउराली–कुलेखानीको उकालोमा खसेको पहिरोले बा १७ च ४८७४ नम्बरको स्कर्पियो पुरिएको हो । स्कर्पियोमा सवार केहि मानिसहरु पनि परेको उनले बताए । उनहरुको अवस्था भने जानकारीमा नआएको उनले बताए ।

अविरल वर्षाका कारण खसेको पहिरोले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नम्बरको मोरटसाईकलमा आंक्षिक क्षति पुगेको बताइएको छ ।

उक्त स्थानमा बाटो मर्मतको काम भइरहेको र सडकको माथिल्लो भागबाट पहिरो खसेको हो ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय प्रहरीको टोलि पुगिसकेको र उद्धार कार्य भइरहेको छ। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*