नेपालमा थप १ हजार १ सय ७४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
७ आश्विन २०७७, बुधबार १६:३२
;

काठमाडौं । नेपालमा थप १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १ हजार १ सय ७४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या ६७ हजार ८ सय ६ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार ४ सय १४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*