स्याङ्जामा पहिरोः ७ जनाको मृत्यु, २ जना बेपत्ता

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार ११:३७
;

स्याङ्जा । वालिङ नगरपालिका–१४ तमादीमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बिहीबार बिहान आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो ।

पहिरोमा परि बेपत्ता भएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव फेला परेको हो ।

बेपत्ता भएका दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*