पानीको सतह खतराभन्दा माथि पुगेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

८ आश्विन २०७७, बिहीबार ११:४८

नवलपरासी पश्चिम । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको हो ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।