कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
तिलोत्तमा । थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पश्चिम नवलपरासी र कपिलवस्तुका दुई कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि भदौ २७ गते बुटवल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनमा कोरोना पुष्टि भएसँगै कोरोना विशेष अस्पतालमा असोज २ बाट भेन्टिलेटरमा राखी उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको जनाएको छ ।