स्कार्पियो दुर्घटना हुँदा छ जना घाइते

दाङ । स्कार्पियो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका–५ निवासी प्रकाश वली पनि घाइते भएका छन् ।
घाइते पत्रकारमध्ये परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च ९५१३ नम्बरको उक्त स्कार्पियो तीव्र गतिका कारण अनियन्त्रित भई सडकदेखि ३३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।