नक्कली नोटसहित २ जना पक्राउ

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १३:२०
;

मकवानपुर । नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका– ५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार भारतको झरौखरका २७ वर्षीय सन्दिप कुमार रहेका छन् ।

प्रहरीले सिम्रौनगढ नगरपालिकामा चोरीका मोबाइलहरू खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा चेक जाँच गर्दा सन्दिप कुमारले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली हजारको नक्कली नोट बाह्र लाख सोह्र हजार बरामद गरेको जनाएको छ ।

उनिहरुले उक्त नोटहरू दिई ३० थान मोबाइल बिक्री गरे बापत प्राप्त भएको बताएका छन् ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*