कोरोना संक्रमित महिलालाई हेटौंडा लेडी जेसीजको स्वास्थ्य समाग्री
मकवानपुर । हेटौंडा लेडि जेसिजले हेटौंडा– ६ गौरिटार आइसोलेशनमा रहेका महिला कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
लेडि जेसिजले बुधवार उक्त आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई खाजा खुवाई महिला कोरोना संक्रमितहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको जेसिजकी अध्यक्ष सुशिला पौडेलले जानकारी दिइन् ।
अध्यक्ष पौडेलका अनुसार, जेसिजले ६ कार्टुन पानी, १० किलो सरफ, लुगा धुने सावुन एक कार्टुन, १५० थान माक्स आइसोलेशमा रहेका १६ जना कोरोना संक्रमित महिलालाई स्यानिटाइजर र हेन्डवास वितरण गरेको हो ।
उक्त कार्यक्रम लेडि जेसिजकी अध्यक्ष पौडेलको सभाध्यक्षता तथा आइसोलेसनका इन्चार्ज डाक्टर सागर काफ्ले र डाक्टर नेहा गुप्ताको अतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौँडा लेडि जेसिजकी पुर्व अध्यक्ष रश्मि बस्नेत, महासचिव प्रतिमा श्रेष्ठ, हेटौँडा जेसिसका उपाध्यक्ष विकेशलाल श्रेष्ठको उपस्थिति रहेको कार्यक्रम संयोजक अलिशा न्यौपानेले जानकारी दिइन् ।