कोरोना संक्रमित कैदी आइसोलेसनबाटै फरार

स्याङ्जा । भीरकोट नगरपालिकाअन्तर्गत कालिका सामुदायिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचारत एक कोरोना संक्रमित फरार भएका छन् ।
भदौ २८ गते कोरोना पुष्टि भएका अर्जुनचौपारी गाउँपालिका–४, रापाकोटका दीपक नेपाली आइसोलेसनबाट फरार भएका हुन् ।
१६ दिनदेखि जिल्ला कारागारमा बसेका उनीमा कोरोना पुष्टि भएपछि कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लगिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।