हेटौंडाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा हेटौंडाका थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार संक्रमित हुनेमा ३० देखि ४९ वर्ष उमेर समूहमा व्यक्ति रहेका छन् ।
यस्तो छ संक्रमितहरुको विवरण
हेटौंडा–४ का २ जना ( ४७ र ४९ वर्षीय पुरुष)
हेटौंडा–५ की १ जना ( ३० वर्षीया महिला)
हेटौंडा–१३ का १ जना (३७ वर्षीय पुरुष)
हेटौंडा–८ का १ जना (४२ वर्षीय पुरुष)