एसपी रविराज खड्कासहितका प्रहरी कर्मचारीलाई कारवाही गर्न निर्देशन

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १६:०५
;

रौतहट । रौतहटका एसपी रविराज खड्कासहितका प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारीस गरिएको छ । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदनमा एसपी खड्कासहितका प्रहरी कर्मचारीलाई कारवाहीको सिफारीस गरिएको हो ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले गरेको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।

रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ ।

विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो ।

घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादव लाई विभागीय कारवाहीको सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*