हेटौंडामा सवारी दुर्घटना हुँदा प्रहरीसहित ३ घाइते

मकवानपुर । हेटौंडामा शुक्रबार बिहान सवारी दूर्घटना हुँदा २ प्रहरीसहित ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१ चाइनाक्वाटर प्रवेश गेट नजिकै मोटरसाइकल, अटो र स्कुटर एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।
हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको ना २ ब ६०४६ नम्बरको सरकारी मोटरसाइकल, सडक कार्यालयबाट निस्केको ना ५४ प ३४०१ नम्बरको स्कुटर र ना १ ह २७७ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि हेटौंडा– ११ स्थित चुरेहिल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।