सञ्चालनमा आयो त्रिभुवन राजपथ

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १२:२६
;

मकवानपुर । पहिरोका कारण अवरुद्ध रहेको त्रिभुवन राजपथमा शुक्रबार बिहानदेखि यातायात सञ्चालन भएको छ । अविरल वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउँपालिका–३, झिरघारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक बाटो सञ्चालनमा आएको हो ।

त्रिभुवन राजपथ भएर सवारी हेटौंडा–काठमाडौं ओहोरदोहोर भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै भीमफेदी–कुलेखानी तथा कान्तिराजपथमा पहिरो कारण बन्द अवस्थामा रहेको सडकखण्डको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*