करेन्ट लागेर एक जनाको मृत्यु्

धनकुटा । करेन्ट लागेर एक जनाको मृत्यु् भएको छ । जिर्ण भएर मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका– ३ अँधेरीका ५६ वर्षीय भक्तबहादुर दर्जीको मृत्यु भएको हो ।
मृतक दर्जीकोे शव जिल्ला अस्पताल धनकुटा ल्याएर पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।