भारतमा एकैदिन ११ सय ४१ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण एकैदिन एक हजार एक सय ४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार पाँच सय ७१ जना संक्रमित भएका छन्।
कुल संक्रमितमध्ये अहिले नौ लाख ७० हजार एक सय १६ जना सक्रिय संक्रमणको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित भएकामध्ये ४७ लाख ५६ हजार एक सय ६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट ९२ हजार दुई ९० जनाको मृत्यु भएको छ ।