कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका हुन ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १६ जना पुगेको छ । आज १८ हजार २ सुय ८९ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४५५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।