तस्वीरमार्फत लागु औषध दुर्व्यशन विरुद्ध सचेतना

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १७:३७
;

मकवानपुर । मकवानपुरमा लागुऔषध दुर्व्यशन विरुद्ध सचेतनात्मक तस्वीरहरु सार्वजनिक गरिएको छ । हाल मकवानपुरसहित देशका युवाहरु लागु औषध दुव्र्येशनमा फस्नेको संख्या उच्च रहेकोले यसलाई तस्वीर कथाको माध्यमबाट सचेतना फैलाउने उद्देश्यका साथ तस्वीरहरु सार्वजनिक गरिएको हो ।


पछिल्लो समय युवाहरु विभिन्न तरीकाले लागु औषध दुर्व्यशनको शिकार भइरहेका छन् । यसबाट प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा व्यक्ति सहित परिवार, समाज र राष्ट्रलाई नै गम्भीर असर पुर्याउने भएकाले यसको न्युनिकरणमा केहि सहयोग हुने अपेक्षासहित सचेतनात्मक तस्वीर सार्वजनिक गरिएको हो ।

हेटौंडामा संचालनमा रहेको न्यु क्रियशन स्टुडियो र हेटौंडा मल्टिमिडिया प्रा. लि. द्धारा संचालित हेटौंडा न्यूज डटकमको सहकार्यमा तस्वीरहरु सार्वजनिक गरिएको छ । सामान्य परिवारको एक युवक कसरी दुर्व्यशनमा फस्छ र दुर्व्यशनी भए पछिको घटनामा आधारित भएर तस्विरहरु खिचिएको छ ।

सार्वजनिक गरिएको तस्वीरहरु न्यू क्रियशन स्टुडियोका संचालक आदर्श पराजुलीको कन्सेप्ट तथा निर्देशनमा पराजलीले नै तस्वीर खिचेका हुन् ।

तस्वीरमा मुख्य पात्रका रुपमा प्रसिद्ध भेट्वाललाई प्रस्तुत गरिएको छ भने सोनु बस्नेत, अञ्जन ढकाल, कृष्ण महत्तो र सुरक्षा ढकाललाई सहायक पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

‘लागुपदार्थले उड्नलाइ पखेटा त दिन्छ तर उड्ने आकाश नै खोसेर लगिदिन्छ ।’ ‘लागुपदार्थको प्रयोगकर्ताहरु अपराधी र खराब होइनन्, उनिहरु बिरामी हुन् उपचारको लागि सहयोग गरौं ।’ ‘लागुपदार्थको दुरुपयोग एउटा रोग हो, यसको उपचार सम्भव छ, अरुले के भन्ला भनेर समस्या नलुकाउ, तपाइँ हाम्रो सकरात्मक सहयोग नै यस्को रोकथामको सुरुवात हो ।’ जस्ता सचेतनात्मक सन्देश दिन खोजिएको छ ।

तस्वीरहरु हेटौंडा औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको हेटेक्स स्कुल, चुच्चेखोला र क्वीक २० होटलमा खिचिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*