मकवानपुरका २० विद्यालयमा विद्यालय नर्स कार्यक्रम विस्तार

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १७:५१
;

मकवानपुर । बागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम विस्तारका लागि १ सय १९ स्थानीय तहका विद्यालयहरु छनोट गरेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय नर्स कार्यक्रम विस्तारका लागि ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधी–२०७६’ को मापदण्ड अनुसार प्रत्येक स्थानीय तहको २/२ वटा विद्यालयहरु छनौट गरेको हो ।

सो कार्यक्रमका लागि मकवानपुर जिल्लाका २० वटा विद्यालयहरु छनौट गरिएको छ । १० वटा स्थानीय तहका २० वटा विद्यालयमा मन्त्रालयले प्रति स्थानीय तहमा दुई वटा विद्यालय छनौंट गरी कार्यक्रम विस्तार गर्न लागेको हो ।

मन्त्रालयले मकवानपुरको थाहा नगरपालिकाको श्री बागेश्वारी माध्यामिक विद्यालय र श्री बज्रबराही माध्यमिक विद्यालय, इन्द्रशरोबार गाउँपालिकाको श्री बत्सलादेवी माध्यमिक विद्यालय र श्री महाचुनी विद्यालय, कैलाश गाउँपालिकाको श्री भवानी माध्यमिक विद्यालय र श्री धुवाङ माध्यामिक विद्यालय, बागमती गाउँपालिकाको श्री बागमती माध्यामिक विद्यालय र श्री देवकी माध्यामिक विद्यालय, भिमफेदी गाउँपालिकाको श्री राष्ट्रिय माध्यामिक विद्यालय र श्री महालक्ष्मी माध्यामिक विद्यालय, मकवानपुरगढी गाँउपालिकाको श्री भानु माध्यामिक विद्यालय र श्री वंशगोपाल माध्यामिक विद्यालय, मनहरी गाउँपालिकाको श्री पशुपतीनाथ माध्यामिक विद्यालय र श्री राष्ट्रिय माध्यमिक विद्यालय, राक्सिराङ गाउँपालिकाको श्री कालिका माध्यामिक विद्यालय र श्री कालिका माध्यामिक विद्यालय र बकैया गाउँपािलकाको श्री बुद्ध माध्यामिक विद्यालय, श्री कान्ति माध्यामिक विद्यालय छनौट गरेको छ ।

प्रदेश भित्रका १ सय १९ स्थानीय तहका २ सय ३७ विद्यालयमा प्रति विद्यालय १/१ नर्स रहने गरी कार्यक्रम विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ११ स्थानीय तहमा २२ वटा विद्यालय, काभ्रेपलाञ्चोक जिल्लाको १३ स्थानीय तहमा २६ वटा विद्यालय, चितवन जिल्लाको ७ स्थानीय तहका १४ वटा विद्यालय, दोलखा जिल्लाका ९ स्थानीय तहका १८ वटा विद्यालय, द्यादिङ जिल्लाका १३ स्थानीय तहका २६ वटा विद्यालय, नुवाकोट जिल्लाका १२ स्थानीय तहका २४ वटा विद्यालय, भक्तपुर जिल्लाका ४ स्थानीय तहका ८ वटा विद्यालय, रामेछाप जिल्लाका ८ स्थानीय तहका १६ वटा विद्यालय, ललितपुरका ६ स्थानीय तहका १२ वटा विद्यालय, सिन्धुपाल्चोकका १२ स्थानीय तहका २४ वटा विद्यालय, सिन्धुलीका ९ स्थानीय तहका १८ वटा विद्यालय रसुवाका ५ स्थानीय तहका ९ वटा विद्यालयहरु छनोट गरिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा भने एक वटा विद्यालयलाई मात्र सहभागी गराईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*