सरकार भन्छ, ‘रेम्डेसिभिर औषधि निःशुल्क पाइन्छ’

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १८:४३
;

काठमाडौं । रेम्डेसिभिर औषधिमा कालोबजारी भएको गुनासो बढेपछि सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि निःशुल्क पाइने बताएको छ ।

रेम्डेसिभिर औषधिमा सरकारले उपलब्ध नगराएको र कालोबजारी भएको जस्ता गुनासो बढेको भन्दै सरकारले कोरोना संक्रमितको उपचार हुने स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क उपलब्ध गराइरहेको बताएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले रेम्डेसिभिर औषधी बिरामीको इच्छा अनुसार मात्र प्रयोग भइरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*