६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
![](https://www.hetaudanews.com/wp-content/uploads/2020/07/corona-death.jpg)
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।
विराट मेडिकल कलेज विराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई विराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।